काठमाडौँ, माघ ५ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्न विभिन्न दलका नेताहरू काठमाडौँबाट सम्बन्धित जिल्लाका निर्वाचन क्षेत्रमा जान थालेका छन् ।
यसै क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार झापा जाँदैछन् । झापा निर्वाचन क्षेत्र ५ बाट उम्मेदवारी दिने तयारी स्वरुप ओली झापा जान लागेको उनको सचिवालयले जनाएको छ । एमालेले उनलाई आगामी प्रधानमन्त्रीको उम्मेदवारमा झापा–५ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा–५ मा काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन शाह उम्मेदवार उम्मेदवार बन्दैछन् । माघ ६ गते उम्मेदवारी दिन शाह आइतबार नै जनकपुर पुगेका छन् । शाह आज सोमबार झापा जाने तयारी स्वरुप आइतबार जनकपुर पुगेका हुन् । रास्वपाले शाहलाई आगामी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ ।
नेकपाका अर्का नेता माधवकुमार नेपाल पनि आजै निर्वाचन क्षेत्र रौतहट जान लागेका छन् । नेपालका निजी सचिव लक्ष्मण रेग्मीले सोमबार दिउँसो नेपाल उम्मेदवारी दर्ता गर्न त्यसतर्फ जान लागेको बताए । नेपाल रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्दैछन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










