धरान, माघ ४ गते । धरान उपमहानगरपालिकाको नगर प्रमुख तथा श्रम संस्कृति पार्टी का अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) तथा धरान–१७ का वडाध्यक्ष सूर्यप्रसाद भट्टराई (मनोज) ले आइतबार साँझ आ–आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने तयारीमा रहेका दुवै जनाले निर्वाचन कानुनअनुसार उपप्रमुख आइन्द्र बिक्रम बेघा समक्ष पदबाट राजीनामा दिनुभएको हो । उहाँहरु एउटै निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिदै हुनुहुन्छ ।
नगर प्रमुख राई श्रम संस्कृति पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ । उहा स्थानीय तहमा श्रमदान, भ्रष्टाचारविरुद्धको अभियान र जनमुखी कार्यशैलीका कारण चर्चामा रहँदै आउनुभएको थियो ।
धरान–१७ का वडाध्यक्ष सूर्यप्रसाद भट्टराई (मनोज) भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा चुनाव लड्दै हुनुहुन्छ।
स्थानीय तहमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको भट्टराईको उम्मेदवारीले क्षेत्रीय राजनीतिमा नयाँ समीकरण देखिएको छ।
– निशा राई
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









