01/18/2026, 19:58:28
आइतबार, माघ ०४, २०८२

जनकपुरमा बालेन्द्र शाह


जनकपुर, माघ ४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेसँगै दलका वरिष्ठ नेता बालेन्द्र शाह  आइतबार अपराह्न जनकपुर आइपुगेका छन् ।

जनकपुर आइपुगेका शाहले यहाँको जानकी मन्दिरमा पुगेर दर्शन गर्नेछन् । राति जनकपुरमै बस्ने लामिछाने र बालेन्द्र सोमबार बिहान सिरहाको लहान प्रस्थान गर्नेछन् ।

मधेश आन्दोलनको क्रममा सहिद भएकाहरुको सम्झनामा माघ ५ गते बलिदानी दिवस  मनाइन्छ । मधेश प्रदेश सरकारले बलिदानी दिवसमा बिदासमेत दिएको छ । लहानमा रहेका मधेशी सहिदको पार्कमा पुगेर लामिछाने र बालेन्द्रले मालाअर्पण गर्नेछन् ।

लहानको कार्यक्रमबाट फर्किएपछि जनकपुरको तिरहुतिया गाँछीमा आयोजना गरिएको परिवर्तनको उद्घोष सभामा नेताहरु सहभागी हुनेछन्,’ रास्वपाका प्रवक्ता मनिष झा ले आइतबार साँझ पत्रकार सम्मेलन गर्दै भने, ‘पहिलोपटक पार्टी सभापति लामिछाने र बालेन एउटै मञ्चबाट चुनावी उद्घोष गर्नेछन् ।

प्रवक्ता झाले कुनै दललाई स्पेश दिन मनोनयनको मिति सार्नु ठीकै भए पनि त्यसभित्र चुनाव नै बिथोल्ने छल-छाम वा प्रपञ्च भए त्यो पार्टीलाई मान्य नहुने  समेत बताए ।

– अजित तिवारी