भियन्ना, माघ ४ गते । अस्ट्रियाको आल्प्स क्षेत्रमा भएको दुईवटा हिमपहिरोमा अफ–पिस्ट स्किइङ गरिरहेका पाँच जनाको मृत्यु भएको छ । साल्जबर्ग नजिकैको पोङ्गउ क्षेत्रमा शनिबार सात जनाको समूह हिमपहिरोमा पुरिएका थिए ।
यस क्रममा चार जनाको ज्यान गएको र एक जना गम्भीर घाइते भएको पर्वत उद्धार सेवाले जनाएको छ । त्यसैदिन बिहान सोही क्षेत्रमा अर्काे हिमपहिरोमा एक महिला स्कीयरको मृत्यु भएको थियो । मध्याहन्नतिर पोङगउमा अर्को हिम पहिरो गएपछि कसैलाई पनि चोट नलागेको बताइएको छ ।
भारी हिमपातका कारण आल्प्स क्षेत्रमा हिमपहिरोको जोखिम अत्यधिक बढेको अधिकारीहरूले बताएका छन् । पछिल्लो एक हप्तामा अस्ट्रिया, स्विट्जरल्यान्ड र फ्रान्सका विभिन्न आल्प्स क्षेत्रहरूमा गएको हिमपहिरोमा दर्जनभन्दा बढी स्कीयरको ज्यान गइसकेको छ । मंगलबार मात्रै हिमपहिरोमा पुरिएर ब्याड गष्टिन रिसोर्टमा स्की गरिरहेका एक जना १३ वर्षीय किशोरको मृत्यु भएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















