01/18/2026, 15:00:53
आइतबार, माघ ०४, २०८२

बालेनले तत्काल राजीनामा नदिने


काठमाडौँ, माघ ४ गते । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले मेयर पदबाट राजीनामा नदिने भएका छन् । ६ गते मनोनयन दर्ता गराएपछि मेयर पद स्वतः निष्क्रिय हुने भएकाले तत्काल राजीनामा नदिने मनस्थितिमा पुगेका हुन्।

प्रतिनिधिसभा निर्वाचनमा भाग लिन लागेका बालेनले आज राजीनामा दिने भनिएको थियो । उनले उपप्रमुख सुनिता डंगोललाई राजीनामा बुझाउने तयारी गरेका पनि थिए ।

तर, नेपाली काँग्रेसको विभाजनले उत्पन्न गरेको परिस्थितिमा निर्वाचन तालिका प्रभावित हुनसक्ने आशंकामा राजीनामा नगर्ने रणनीति बनाइएको बुझिएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..