01/18/2026, 14:59:42
आइतबार, माघ ०४, २०८२

लागुऔषध कारोबारीसँग २ लाख असुल्ने सहायक हवल्दार विष्ट र जवान कार्की पक्राउ


काठमाडौँ, माघ ४ गते । लागुऔषध कारोबारीसँग २ लाख असुलेको आरोपमा सहायक हवल्दार धिरेन्द्र विष्ट र जवान सुजन कार्की पक्राउ परेका छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो ।

लागुऔषध कारोबारीसँग रकम लिएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

एसपी भट्टराईका अनुसार अहिले पक्राउ परेका दुवै जना काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..