01/17/2026, 13:39:13
शनिबार, माघ ०३, २०८२

भक्तपुरमा छोराले गरे आमाको हत्या


काठमाडौँ, माघ ३ : भक्तपुरकाे मध्यपुर थिमि नगरपालिका-३ स्थित तेर्सेटारमा छोराले आफ्नै आमाको हत्या गरेका छन् ।

शुक्रबार राति २७ वर्षीय प्रवीण भण्डारीले धारिलाे हतियार प्रयाेग गरी आमा ५० वर्षीया सरिता भण्डारीकाे हत्या गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।

धनुषाको मिथिला नगरपालिका-११ घर भई हाल तेर्सेटारमा उनीहरू डेरामा बस्दै आएका थिए । छोराको आक्रमणबाट गम्भीर घाइते भएकी सरिताको उपचारका क्रममा भक्तपुर इन्टरनेसनल अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक जबेगुले बताए ।

घटनापश्चात् प्रवीणले आफैलाई टाउकामा धारिलाे हतियार प्रयाेग गरेका थिए र उनकाे उपचार पनि साेही अस्पतालमा भइरहेकाे प्रहरीले जनाएकाे छ ।

– सुन्दर शिल्पकार