01/17/2026, 10:56:25
शनिबार, माघ ०३, २०८२

कर्णाली–सुदूरपश्चिमका उच्च पहाडमा हल्का वर्षा–हिमपात सम्भावना


काठमाडौँ, माघ ३ गते । हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र लुम्बिनी प्रदेशको तराई भू–भागका केही स्थानहरूमा तुँवालो लागेको छ । पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

शनिबार दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु–कुहिरो रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना रहेको छ ।

blog

महाशाखाका अनुसार आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना रहेको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..