सधैँ झैँ त्यो दिन पनि ५ बजे निद्राबाट आँखा खुले । गृहिणीको जीवनशैली– घरभित्रको पूजापाठ सकेर मर्निङवाकमा गौशालाको ओरालो हुँदै पशुपति मन्दिर पुगेँ । बिहानको समय अन्य दिनभन्दा मूलढोकामा दर्शनार्थीको लाइन लामो थियो । दर्शनका लागि लाइनमा उभिएर आफ्नो पालो पर्खिएँ । केही समयपछि पालो आयो । दर्शन गरेर आफ्नो निवास फर्किएँ ।
घर पुग्दा ८ बजिसकेको थियो । बिहानको समयमा प्रायः सबेरै चिया वा कफी र जाडोयाममा श्रीमान्ले खाने आयुर्वेदिक काँढापानी सबै तयार गरिसक्थेँ । त्यस दिन ढिलो भएको थियो । खाना बनाउन पनि ढिला भइसकेको थियो । त्यसैले मन हडबडाएको थियो ।
“आज काँढापानी पनि खान पाएको छैन ।” पतिको आवाज सुनेर झसङ्ग हुँदै काँढापानी तयार गर्न लागेँ ।
यत्तिकैमा उनको भिडियो कल आयो । उनी अर्थात् विनय– मेरो पुरानो साथी । हामीले केही वर्ष एउटै अफिसमा सँगै काम गरेका थियौँ । त्यसबेला मेरो विवाह भएको थिएन । उनी पनि अविवाहितै थिए । सँगै काम गर्दा हामी एकअर्कालाई सक्ने सहयोग गथ्र्यौं । हामीबिच निकटको दोस्ती थियो । केही वर्षपश्चात् उनी नेपालको जागिर छोडेर अमेरिका गए । उतैको नागरिक भए । उतै रमाए । मेरो पनि केही वर्षपछि विवाह भयो । नयाँ घर । नयाँ चलन । नयाँ मानिसका साथमा भविष्य खोज्दै सङ्घर्ष गर्दै थिएँ । उनी पनि उतै आफ्नै संसारमा रमाएका थिए । हामी टाढा भएका थियौँ । लामो समयसम्म हामीबिच भेटघाट, फोन सम्पर्क केही थिएन ।
विदेशमा आफ्नो पसिना बेचेर उनले धेरै डलर कमाएका छन् भन्ने कुरा मैले अरूबाट सुनेकी थिएँ तर मैले बढी चासो राखेकी थिइनँ । त्यसबेलाको नेपालमा मोबाइल फोनको प्रयोग पनि थिएन । धेरैपछि त्यसको चलन आएको थियो । मोबाइल फोन र फेसबुकको समय आएपछि उनले मलाई खोजेछन् क्यारे । मेरो मोबाइल फोनको स्व्रिmनमा उनको फोटो देखा प¥यो । मैले हत्तपत्त रिक्वेस्ट पठाएँ । हामी साथी बन्यौँ । हाम्रो पुरानो सम्बन्ध नवीकृत भयो । हामी फेरि पहिला जस्तै घनिष्ठ भयौँ । दिनहुँ कुराकानी हुन थाल्यो । उनको र मेरो समय मिलाउन सजिलो थिएन तर चाहना भएपछि के पो असम्भव हुन्छ र, एक समय मिलाएरै घण्टौँ कुरा गथ्र्यौं । भेट चाहिँ एक वर्षपछि मात्र भयो– उनी नेपाल आएको मौकामा । भेटपछि हामी झन् नजिक भयौँ ।

उनी उता फर्केपछि मेसेन्जरमा नियमित कुरा गर्न थाल्यौँ । अब त हाम्रो कुरा गर्ने विषयको सीमा नै थिएन । कहिले व्यावहारिक कुरा हुन्थे त कहिले राजनीतिक कुरा हुन्थे । कहिले जीवनका उतारचढावका किसिम किसिमका कुरा हुन्थे । खुलेरै आपसी दुःखसुख एकआपसमा बाँड्न थालेका थियौँ हामीले । कतिसम्म भने हामी पहिले सँगै जागिरे हुँदा गर्न नपाएका माया र प्रेमका कुरासम्म गथ्र्यौं धित मरुन्जेल । हुन पनि त्यसबेला युवकयुवतीले आपसमा प्रेम गर्दा आमाबाको नाक काटिन्छ भनिन्थ्यो । गरिबको छोराले धनीकी छोरी ताक्नु त झन् आफैँ आफ्नो सङ्कट निम्त्याउनु जस्तो हुन्थ्यो । ती दिन सम्झेर उनी भन्थे, “तिमीलाई विवाह गर्ने कुरा त के, बोल्न पनि हैसियत पुग्दैनथ्यो मेरो त्यसबेला ।”
समयको परिवर्तनसँगै मानिसको सोचाइ फरक हुँदै गएको छ । आज विवाहित नारीले अन्य पुरुषसँग प्रेमका कुरा गर्नु मात्र होइन, प्रेमै गर्नु पनि सामान्य हुन थालेको छ । घरमा श्रीमती हुँदाहुँदै बाहिर प्रेमिका राख्ने पुरुष त झन् कति कति ? तसर्थ हामी पनि समयको गतिसँगै परिवर्तित भएका थियौँ । हुँदाहँुदै मेरो बोली नसुनेसम्म उनलाई निद्रा नलाग्ने र उनको बोली नसुनेसम्म मलाई निद्रा नपर्ने हुन पुग्यो । भन्नुपर्ने नयाँ कुरा केही नभए भिडियो कलमा घन्टाँै अनुहार हेरेर बिदा हुनेसम्म गर्ने भयौँ हामी ।
यसैबिच केही महिनापहिले म निकै बिरामी परेँ । बिरामी भएपछि हाम्रो संवाद स्वाभाविक रूपमा चल्न सकेन । उताबाट कल आउँदा “बिमारी छु” भन्दै केही शब्द बोलेपछि फोन बन्द गर्थें म । उनी भने तुरुन्तै रिकल गर्न हतारिन्थे । बिरामी मान्छेले आराम गर्नु कि कुरा गर्नु ? तैपनि उताबाट कल आउँदा भरसक उठाउँथेँ ।
“राम्रो उपचार गरेर, चाँडै निको हौ,” उनी भन्थे ।
“राम्रै उपचार गर्दै छु तर डाक्टरले नै निको हुन अलिक लामो समय लाग्छ भनेका छन्,” म भन्थेँ ।
मेरो उपचारमा सधैँ जसो श्रीमान्जी खटिने । श्रीमान्को उपस्थितिमा उनीसँग फोनमा फाल्तु कुरा गरिरहन असहज हुन्थ्यो नै । त्यसैले कुरा भए पनि छोटा छोटा हुँदै हाम्रो फोनवार्ता हप्ता÷पन्ध्र दिनमा एकपल्ट मात्र हुन थाल्यो । यसका साथै हाम्रो सम्बन्धमा पनि दरार आउन सुरु भयो । उनको फोन आउँदा पनि उनैले विभिन्न कुराको स्पष्टीकरण सोध्ने हुन थाल्यो । हाम्रा संवादको व्रmम अझै कम हुन थाल्यो ।
उपचारपश्चात् स्वास्थ्यमा सुधार भए पनि फोनमा कुरा गर्न कम गर्नु, भिडियो कम हेर्नु, ल्यापटपको स्व्रिmनमा धेरै बेर आँखा नजुधाउनु भन्ने सल्लाह दिएका थिए डाक्टरले । मेरा कान र आँखा विशेष संवेदनशील छन् भन्ने भनाइ थियो डाक्टरको । त्यसैले मेरै स्वास्थ्यका लागि भनेर प्रायः वाइफाई अफ गरिदिनुहुथ्यो श्रीमान्जी । तैपनि उनकै कल आउला भनेर सुटुक्क वाइफाई अन गरेर बस्थेँ म । उनको फोन आउँथ्यो । म साउतीको स्वरमा उनलाई “बिस्तार बोल्नु, उहाँले सुन्नुहुन्छ” भन्थेँ । श्रीमान्लाई थाहा नहोस् भन्ने अभिप्रायले कहिले नेट स्लो छ भनेर कुरा नसकिँदै फोन काट्न बाध्य हुन्थेँ । यस्तो थियो मजबुरी तर मैले भोग्नु परेको असहज परिस्थितिलाई उनले बुझिरहेका थिएनन् ।
त्यस दिन उताबाट कल आउँदा श्रीमान् अर्को कोठामा हुनुहुन्थ्यो । मैले बिस्तारै बोलौँला भन्ने सोचेर कल रिसिभ गरेँ । हाई हेलो हुन थाल्यो । मैले बिस्तारै बोल्न इसारा गरेँ तर उनले मेरो इसारा बुझेनन् र ठुलो स्वरमा “बुझ्ने गरी भन्नु” भनेँ । म दौडेर एकान्त कोठामा पुगेँ र सबै बेलीविस्तार लगाएँ । मेरो कुरा सुनिसकेपछि उनी त उल्टै मसँगै पो रिसाए । अनि झोक्किँदै भने, “तिमीलाई मेरो फोन आउँदा बोल्ने फुर्सदसमेत हुन्न भने म आजबाट तिमीलाई सम्झेर कल गर्ने छैन । यस्तो व्यस्त हुनुपर्ने ठाउँमा छु, मलाई मात्र तिमीलाई फोन गर्ने फुर्सद छ र ? मैले मात्रै कति सम्झिरहनु तिमीलाई ? ल, अब कहिल्यै फोन गर्दिनँ ।”
अनि कल अफ भयो । वार्ता टुट्यो । सम्झना पातलियो । त्यस घटनाको एक वर्षपछि…

मेरी साहित्यिक सखी जमुनाले एउटा साहित्यिक कार्यव्रmममा मलाई निम्ता गर्दै भनिन्, “विभिन्न देशबाट पाल्नुहुने साहित्यकारहरूको विशेष उपस्थितिमा एउटा उपन्यास विमोचन हुँदै छ; त्यस कार्यव्रmममा हामी सँगै जाऊँ है दृशी ।”
शनिबारको दिन । फुर्सदै थियो तैपनि कार्यव्रmमस्थल पुग्न अलि ढिलै भएछौँ हामी । कार्यव्रmम सुरु भइसकेको थियो । भन्नै परेन– कार्यव्रmम भव्य थियो । नेपाल र नेपालबाहिरबाट नयाँपुराना धेरै साहित्यकार आएका थिए । हलको एउटा कुनामा हामी बस्यौँ । एकछिनमा जमुनाका पुराना साथीहरूले उनलाई तानेर आफूहरू बसेको ठाउँतिर लगे । उता जाऊँ खाली कुर्सी थिएन । यता म एक्लै परेँ ।
ओर्तिरपर्तिर हेर्छु, कसैलाई चिन्दिनँ । चुपचाप बसेर अगाडिको दृश्य हेरिरहेकी थिएँ । एक्लै भएकाले कता कता असजिलो पनि लागेको थियो । अनुहार रातोपिरो भएको थियो । लगभग तीन घण्टापछि बल्लतल्ल कार्यव्रmम सम्पन्न भयो ।
सबै जना चियापानमा लागे । मेरा आँखा भने जमुनालाई खोज्न थाले । परबाट जमुना कसैको हातमा बेरिएर म भएकै स्थानतिर आउँदै गरेको देखेँ । ऊ मनजिकै आई र मतर्फ देखाउँदै ऊसँग भनी, “ऊ मेरी नयाँ तर खुबै मिल्ने साथी– परिचय गरेर गफ गर्दै गर्नुहोस् है ।”
जमुनालाई अरू साथीले घेरे । “हेल्लो मलाई चिन्नुहुन्छ ?”
यसैबिच जमुनाले मेरो नजिक ल्याएर छाडेको भलाद्मीको मुखबाट चिरपरिचित स्वर गुन्जियो । म उसको अनुहारमा आफ्ना आँखा तेस्र्याउँदै मात्र के थिएँ, ऊ फिस्स हाँस्यो, “सन्चै हुनुहुन्छ ?”
हाम्रा चार नजर जुधे । के बोलौँ बोलौँ अक्क न बक्क भएँ ।
ल, उपहारस्वरूप लिनुहोस् मेरो यो उपन्यास ‘अधुरो प्रेम ।’ मैले केही बोल्न नपाउँदै उनले मेरो हातमा एउटा गुलाबी आवरणको किताब थमाइदिए र फेरि भने, “यो उपन्यासका लागि तिमीलाई मेरो प्रेमिका बनाएको थिएँ । तिमीलाई थाहै होला, हाम्रो प्रेमको आयु १० वर्षको थियो । हो, त्यति नै समय यो उपन्यास लेखिसक्न लाग्यो । उपन्यास लेख्न प्रारम्भ गरेको दिन हाम्रो प्रेमकथा सुरु भएको थियो । खुसीको कुरा, जुन दिन हाम्रा प्रेमिल संवादहरूको अन्त्य भएको थियो, त्यही दिन मैले लेखिरहेको थिएँ यस उपन्यासका अन्तिम हरफहरू ।” त्यसै पनि ऊ यसरी मेरोअगाडि अचानक प्रकट हुँदा म केही बोल्न सकिरहेकी थिइनँ, त्यसमाथि उसका यी कुराहरू सुनेपछि त मैले टेकिरहेको जमिन नै एक्कासि भासियो र म ट्वाँ परिरहेँ ।
– दुर्गा अधिकारी ‘दृशी’
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













