काठमाडौँ, माघ २ : कांग्रेस उपभापति विश्वप्रकाश शर्माले छुटेका नेता, कार्यकर्तालाई समेटेर जाने बताएका छन् । निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएपछि उनले फेसबुकबाट सम्बोधन गर्दै अब निर्वाचनमा होमिने बताए ।
‘नेपाली कांग्रेस नवीन ढंगले आइएको छ । निर्वाचनमा होमिएको छ । हामी दिनरात मैदानमा तपाईंको साथमा रहनेछौं,’ उनले भने, ‘केन्द्रीय कार्यसमितिमा छुटेकालाई समेट्नेछौं । सँगै लिएर जाने छौं । भोलि, पर्सितिर उम्मेदवारको गति बढाउनेछौं ।’
यो देशमा दुई पटक प्रधानमन्त्री बन्न नपाउने प्रणाली कार्यान्वयन गर्ने उनले बताए । ‘पाँच वर्ष टिक्ने पद्धतिमा जानेछौं,’ उनले भने ।
शर्माले भदौ २४ मा ध्वस्त भएको अवस्थाबाट माथि उठ्ने बताए । ‘पीडालाई आत्मसाथ गर्ने काम हामीले गर्नेछौं । ध्वस्त भएको मुलुकबाट खरानी पन्छाएर उठ्नुपर्ने छ,’ उनले सामाजिक सञ्जालबाट सम्बोधन गर्दै भने, ‘कयौं कमजोरी गर्यौ होला । कांग्रेसले अघि सारेको उदारवादी अर्थतन्त्रलाई आत्मसाथ गरेर अघि बढ्नेछौं ।’
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









