काठमाडौँ, माघ २ गते। निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा निर्वाचनमा सामाजिक सञ्जालको अनुगमन नेपाली सेनाको सहयोगमा हुने जानकारी दिएको छ ।
आयोगका आयुक्त सगुन शमशेर जबराले दलहरूसँग आचारसंहिताका विषयमा भएको छलफलमा सामाजिक सञ्जालमा अनुगमनबारे जानकारी गराएका हुन् ।
उनले सामाजिक सञ्जाल अनुगमनका लागि वैदेशिक सहयोग भएको र नेपाली सेनाको उपकरणमार्फत निगरानी गर्ने बताए ।
‘चुनावमा सोसल मिडिया मनिटोरिङका लागि सामानहरू हामीलाई विदेशबाट सहयोग प्राप्त भएको छ,’ उनले भने, ‘नेपाली सेनाको टुल्समार्फत पनि हेर्छौँ । नेपालमा सबैभन्दा स्ट्रोङ टुल्स नेपाली सेनाको नै छ ।’
त्यस्तै आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई एक पटक स्पष्टीकरणको मौका दिने र स्पष्टीकरण चित्तबुझ्दो नआए कारबाही अघि बढ्ने उनले जानकारी गराए ।
निर्वाचन आचारसंहिता उल्लंघन हुने सामग्री सामाजिक सञ्जालमा पोस्ट रोक्न फेसबुक (मेटा) र टिकटकसँग आयोगले सम्झौता गर्न लागेको पनि उनले जानकारी दिए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















