01/16/2026, 12:40:19
शुक्रबार, माघ ०२, २०८२

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु


महेन्द्रनगर, माघ २ गते । बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार बसको ठक्करबाट एक जना पुरुष पैदल यात्रीको मृत्यु भएको हो ।

 

बसको ठक्करबाट परिचय नखुलेका एक पुरुष गम्भीर घाइते भएकामा उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा निजको मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताए । बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..