काठमाडौँ, पुस १८ : नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेल चोकबाट ६ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बुधबार राति करिब ९:३० बजे प्रहरी वृत्त बौद्ध तथा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूको साथबाट एक हजार दरका नक्कली नोट ९३ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ घर भई हाल काठमाडौंको शंखरापुर नगरपालिका–४ साँखु बस्दै आएका ३२ वर्षीय दावा नोर्वु शेर्पा, सोही स्थानका ४४ वर्षीय पासाङ शेर्पा छन् ।
यस्तै, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–३ घर भई साँखु बस्दै आएका ३२ वर्षीय प्रकाश गुरुङ, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१० घर भई शंखरापुर–६ बस्दै आएकी ४२ वर्षीया रेणुका भारती र सिन्धुपाल्चोक बलेफी गाउँपालिका–२ घर भई सोही स्थानमा बस्दै आएका ६५ वर्षीय गोकर्ण थापा पक्राउ परेका छन् । काठमाडौं शंखरापुर नगरपालिका–३ बस्ने ४३ वर्षीय सुकबहादुर स्याङ्बो पनि पक्राउ परेका छन् ।
नक्कली नोट कसरी प्राप्त भयो र यसको सञ्जाल कति फैलिएको छ भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













