02/17/2026, 15:42:33
मङ्गलबार, फागुन ०५, २०८२

५० लाख ठगी गरेको आरोपमा एक युवती पक्राउ


काठमाडौँ, फागुन ५ गते । वैदेशिक रोजगारीमा बेलायत पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–७ घर भएकी ३५ वर्षीया नीमा डोल्मा लामा छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले बेलायत पठाउने भन्दै २ जनाबाट रकम लिएर ठगी गरेको आरोप प्रहरीको छ ।

पक्राउ परेकी उनलाई वैदेशिक रोजगार विभाग ताहचल पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..