02/17/2026, 15:59:43
मङ्गलबार, फागुन ०५, २०८२

माउन्ट एभरेष्ट तेक्वान्दोमा २३ राष्ट्रका १२ सय खेलाडी


काठमाडौँ, फागुन ५ गते ।नेपाल तेक्वान्दो सङ्घको आयोजनामा चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता (डब्लुटी जी वान) तथा दोस्रो माउन्ट एभरेष्ट जीसीएस अन्तर्राष्ट्रिय पुम्से प्रतियोगिता (डब्लुटी जी वान) सोमबारदेखि सुरु भएको छ ।

प्रतियोगितामा २३ राष्ट्रका  १२ सय खेलाडी सहभागी छन् । प्रतियोगितामा गेरोगी/पुम्सेतर्फ जम्मा ७४ स्पर्धा समावेश छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको ४० वर्षमुनि मिक्स पुम्सेमा नेपालका जितबहादुर बोट र सीता तामाङले स्वर्ण जित्नुभयो ।

पुरुष टिम पुम्सेमा नेपालका जितबहादुर बोट, प्रेमबहादुर लिम्बू र अन्जन चौधरीले स्वर्ण हात पार्नुभयो । यस्तै ४० वर्षमुनि महिला एकल पुम्सेमा हङकङकी लि लाइ कोङ तथा पुरुषमा प्रेमबहादुर लिम्बू पहिलो हुनुभयो ।

पुरुष ३० वर्षमुनि मलेसियाका हाउ केन चाउ, ३० वर्षमुनि पुरुष टिममा मलेसिया, ३० वर्षमुनि मिक्स पेयरमा मलेसियाले स्वर्ण जित्नुभएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..