काठमाडौँ, माघ २५ गते । आइसिसी टी-२० विश्वकप क्रिकेटमा नेपालले आज पहिलो खेल खेल्दै छ। मुम्बईको वानखेडे स्टेडियममा सवा ३ बजेदेखि नेपाल र इंग्ल्याण्डबीचको खेल हुनेछ। खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ।
टस जितेको इंग्ल्याण्डले ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो। नेपालको प्लेइङ-११ मा कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्सन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने छन्।
सोमपाल कामी भने पहिलो खेलमा बेन्चमा बस्ने भएका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











