काठमाडौं, माघ २५ गते । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं विमानस्थलमा भव्य स्वागत गर्नको लागि राप्रपा र अन्य राजसंस्थावादीहरुलाई आग्रह गरेका छन् । पूर्वराजा शाह आगामी फागुन १ गते काठमाडौं आउने भएका हुन् । उनले देशलाई राजसंस्थाको छहारी चाहिने रहेछ भन्नेमा अब पूराना दलहरु पनि लगभग पुग्नै आँटेको बताएका छन् । फागुन १ गते उपत्यका वरिपरि र अझ सकिन्छ भने देशभरिका राप्रपा र अन्य राजसंस्थावादी समूहका साथीहरु सबैलाई एकदिनका लागि काठमाडौं उपस्थित् भईदिए स्वागत ऐतिहासिक हुने थियो भन्ने उनको धारणा छ ।
उनले लेखेका छन्–
‘राप्रपा र अन्य सबै राजसंस्थावादीहरूलाई विनम्र आग्रह!
राजालाई फागुन १ गते काठमाडौँ विमानस्थलमा भव्य-भव्य-भव्य स्वागत गरौँ!
देशलाई राजसंस्थाको छहारी चाहिने रहेछ भन्नेमा अब पुराना दलहरू पनि लगभग पुग्नै आँटेका छन्। यो एकदम सकारात्मक संकेत हो।
राजस्थावादी आम सर्वसाधारण त उपस्थित हुने नै छन्। तर फागुन १ गते उपत्यका वरिपरी र अझ सकिन्छ भने देशभरीका राप्रपा र अन्य राजसंस्थावादी समूहका साथीहरू सबै एकदिनका लागि काठमाडौं उपस्थित भइदिए, स्वागत ऐतिहासिक हुने थियो।
बल्ल देश #नवीनसमझदारी तिर अग्रसर हुने संकेत मिल्न थालेको छ। #विचारभन्दामाथिदेश, #देशकालागिनरेश #संरचनागत_पुनरावलोकन’
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















