काठमाडौँ, माघ २४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फेरि सिंहदरबार जल्दैन भन्ने कुराको ग्यारेन्टी कांग्रेसले मात्रै गर्न सक्ने दाबी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भाद्र २३ र २४ को घटनाको चित्रण गर्दै आगामी निर्वाचनपछि सरकारले गोली चलाउने र अर्कोले सिंहदरबार जलाउने काम हुँदैन भन्ने कुराको ग्यारेन्टी कांग्रेसले गर्ने जिकिर गरे । सभापति थापाले युवा, बुढापाका सबै नागरिकसँग संवाद गरेर कांग्रेसले निर्वाचन पछि देश विकासको नयाँ अध्याय सुरु गर्ने समेत बताए । उनले कांग्रेसले देशलाई सम्हाल्ने कामको नेतृत्व गर्न चाहेको समेत बताए ।
‘हामीले मतदातालाई भन्नु पर्छ । एक पटक आँखा चिम्लिएर सोचौं- फागुन २१ पछि २२ पनि आउँछ । अर्को वर्षको भाद्र २३, २४ पनि आउँछ । अर्को वर्षको भाद्र २३, २४ मा फेरि सरकारले नागरिकलाई गोली चलाउँदैन, फेरि सिंहदरबार जल्दैन भन्ने ग्यारेन्टी कसैले गर्नसक्ने भने त्यो कांग्रेसले मात्रै गर्न सक्छ । यो हामीले जिम्मा लिने हो । हामी गर्छौँ त्यो । देश सम्हाल्ने काम हाम्रो हो । देश भित्र जुन अविश्वास छ, त्यसलाई बदल्ने काम, एक अर्काप्रतिको जुन अविश्वास छ, त्यसलाई भरोसामा बदल्ने काम हाम्रो हो,’
सभापति थापाले भने, ‘नेपाली कांग्रेसले यो बेलामा सबैसँग संवाद गर्छ । हामी तन्नेरीसँग संवाद गर्छौं । बुढापाकासँग संवाद गर्छौं । मधेस, पहाड सबैसँग संवाद गर्छौं । देशबाहिर रहेका लाखौं नागरिकसँग पनि संवाद गर्छौं । र सबैलाई फागुन २१ पछि सबैसँग हातेमालो गरेर देश विकासको नयाँ अध्याय सुरु गर्न चाहन्छौं ।’
सभापति थापाले देशलाई बदल्नका लागि आम नागरिकलाई भरोसा जगाउने काममा आफ्नो पार्टी लाग्ने पनि बताए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














