01/25/2026, 15:11:01
आइतबार, माघ ११, २०८२

शशांकसँग २ हजार ७६२ मतले पछि परेका रास्वपाका राजन गौतम फेरि प्रतिस्पर्धामा


नवलपुर, माघ ११ गते । औपचारिक नाम नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) भनिएता पनि स्थानिय स्तरमा चलचल्तिको नाम नवलपुर हो । त्यहि नवलपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभाको २०७९ को चुनावमा विजेता बनेका थिए बीपी कोइरालापुत्र शशांक कोइराला । त्यो उनको लगातार चौथो जित थियो ।

२०७९ को चुनावमा उनले २७ हजार ६७ मत ल्याएका थिए भने दोस्रो भएका नेकपा (एमाले) का उम्मेदवार कृष्ण प्रसाद पौडेलले २५ हजार ४७ मत ल्याएका थिए । तेस्रो स्थानमा थिए रास्वपाका उम्मेदवार राजन गौतम । गौतमले २४ हजार ३०५ मत ल्याएका थिए । गौतम एमाले भन्दा ७४२ मतले पछि थिए भने विजेता कोइराला भन्दा २ हजार ७६२ मतले पछि परेका थिए ।

नेपाली कांग्रेसबाट शशांक रेसबाट आउट भएका छन् । उनको स्थानमा बालकृष्ण घिमिरे मैदानमा नयाँ अनुहार छन् । यस्तै एमालेले नयाँ अनुहार भागिरथ सापकोटालाई उम्मेदवार बनाएको छ । तर गौतम भने दोहोरिएका छन् ।

कस्तो थियो २०७४ को चुनावी जनमत ?

२०७४ सालको चुनावमा वाम गठबन्धन बन्दा देशभरबाट कम्युनिष्टले जित्दा नवलपुर क्षेत्र नम्बर १ मा भने नेपाली कांग्रेसकै शशांक कोइराला विजय भएका थिए । कोइरालाले ४० हजार ६२० मत ल्याउँदा नेकपा (माओवादी केन्द्र) का उम्मेदवारको ३६ हजार ५९६ मत आएको थियो । नयाँ दललाई विजेता नबनाएता पेस दिने पहिचान बनाएको नवलपुर–१ मा २०७४ को चुनावमा तेस्रो दलको रूपमा विवेकशिल साझा पार्टी आएको थियो । पार्टीका हरिप्रसाद गौतमले १ हजार ८२ मत ल्याएका थिए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..