01/25/2026, 13:42:13
आइतबार, माघ ११, २०८२

ऋषि धमला चुनाव लडेको चन्द्रपुरमा खोलियो आजपाको रौतहट–४ निर्वाचन परिचालन सम्पर्क कार्यालय


काठमाडौं, माघ ११ गते । आम जनता पार्टीले निर्वाचन परिचालन सम्पर्क कार्यालय स्थापना गरेको छ । ऋषि धमलाले चुनाव लडेको रौतहट–४ को लागि चन्द्रपुर नगरपालिका–५ को बजारपूर्वमा निर्वाचन परिचालन सम्पर्क कार्यालय स्थापना गरिएको आजपाका कार्यालय सचिव बालकृष्ण सापकोटाले जानकारी दिए ।

‘भ्रष्टाचारविरुद्ध जनताको आह्वान, यसपालि मोबाइल छापमा मतदान’ नाराको साथ आम जनता पार्टी निर्वाचन परिचालन सम्पर्क कार्यालय क्षेत्र नम्बर–४ रौतहट खोलिएको सापकोटाले जानकारी दिए । उम्मेदवारी दर्ता गराएको भोलिपल्टबाटै धमलाले आफ्नो चुनावी अभियानलाई तिव्रता दिएका थिए । धमलाले टिभी अन्तर्वार्ताहरुमा आफ्नो जित सुनिश्चित् रहेको दाबीसमेत गरेका छन् ।

धमला यतिवेला काठमाडौंमा छन् । उनी छिट्टै चुनावी प्रचारप्रसारको लागि आफ्नो निर्वाचन क्षेत्रमा जाने तयारी छ । उनी पुगेपछि मात्रै उक्त कार्यालयको उद्घाटन गरिने नेता सापकोटाले जानकारी दिए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..