01/14/2026, 21:57:00
बुधबार, पुष ३०, २०८२

विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित हुने निश्चित


काठमाडौँ, पुस ३० : नेपाली कांग्रेसमा विशेष महाधिवेशन  पक्षधरको महाधिवेशनबाट सभापतिमा गगन थापा  निर्वाचित हुने निश्चित भएको छ ।

सभापतिमा उनको नाम मात्रै परेकाले केही छिनमा विशेष महाविधेशनबाट निर्वाचित भएको घोषणा गर्ने तयारी भएको छ ।

त्यस्तै, उपसभापतिमा विश्वप्रकाश शर्मा  र पुष्पा भुषाल  चयन हुने करिब निश्चित भएको छ भने महामन्त्रीमा प्रदीप पौडेल  र गुरुराज घिमिरे  निश्चित भएका हुन् ।

सहमहामन्त्री र अन्य सदस्यहरुमा आवश्यक भन्दा बढीको दाबी छ । सर्वसम्मत गराउने प्रयास भइरहेको नेता गुरुराज घिमिरेले बताए ।