01/28/2026, 20:37:21
बुधबार, माघ १४, २०८२

‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’


काठमाडौँ, माघ १४ : नेपाली कांग्रेसको विभिन्न तहको जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरु माघ २१ देखि फागुन २१ सम्म आ–आफ्नो जिम्मेवारीको क्षेत्रमा खट्ने भएका छन् ।

उपसभापति विश्वप्रकाश शर्मा  संयोजक रहेको चुनाव परिचालन समितिले ‘निर्वाचन परिचालन निर्देशिका’ तयार गरिरहेको छ । चुनावको अन्तिम ३० दिन ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने नीति निर्देशिकामा समेटिएको छ ।

उपसभापति शर्माले यसबारेमा केन्द्रीय कार्यालयमा चलिरहेको प्रदेश स्तरीय विशेष आन्तरिक छलफल कार्यक्रममा जानकारी गराएका हुन् । माघ १३ गते कर्णाली र सुदुरपश्चिमको छलफल सकिएको छ ।

आज गण्डकी प्रदेशको छलफल हुँदैछ । छलफलमा सम्बन्धित प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने वर्तमान र निवर्तमान केन्द्रीय पदाधिकारी र सदस्य, जिल्ला सम्पर्क समितिका सभापति एवं काठमाडौंमा रहेका विभिन्न पेशा व्यवसायमा संलग्न कांग्रेसका शुभेच्छुक एवं युवाहरु सहभागी छन् ।