01/28/2026, 20:37:21
बुधबार, माघ १४, २०८२

नागार्जुनमा मोटरसाइकल दुर्घटना हुँदा सैनिक जवानको मृत्यु


काठमाडौँ, माघ १४ गते । काठमाडौँको नागार्जुन नगरपालिका–८ स्थित फस्कुमा मोटरसाइकल दुर्घटना हुँदा सैनिक जवानको मृत्यु भएको छ । मंगलबार राति सितापाइलाबाट रामकोट जाँदै गरेको बागमती प्रदेश ०२–०५४ प ०५५७ नम्बरको मोटरसाइकल चालक भिमराज तामाङको मृत्यु भएको हो ।

नागार्जुन–८ बस्दै आएका तामाङको साथमा सैनिक जवानको परिचयपत्र भेटिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।

तामाङले चलाएको मोटरसाइकल रामकोटदेखी सितापाइला आउँदै गरेको बा.प्रदेश–०२–००३ प ६७१६ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो । सो मोटरसाइकल चालक सर्लाही घर भएर ललितपुर बस्ने २२ वर्षीय युवराज ठाकुर घाइते भएका छन्न । उनको मनमोहन अस्पतालमा उपचार हुँदैछ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..