01/18/2026, 23:08:29
आइतबार, माघ ०४, २०८२

वीर अस्पतालको आकस्मिक कक्ष ५५ शय्यामा विस्तार


काठमाडौँ, माघ ४ गते । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल को आकस्मिक कक्ष ५५ शय्यामा विस्तार गरिएको छ।

३० शय्या क्षमता रहेको आकस्मिक कक्षमा थप २५ शय्या थप गर्दै ५५ शय्या क्षमतामा विस्तार गरिएको न्याम्सका उपकुलपति प्राध्यापक प्रा.डा.भुपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

शय्या क्षमताको विस्तारसँगै बिरामीले सहज रुपमा सेवा पाउने अवस्था आएको र आकस्मिक कक्षमा शय्या नपाएर फर्कनुपर्ने अवस्थाको अन्त्य हुने प्रा.डा. बस्नेतको विश्वास छ । क्षमता विस्तारसँगै आवश्यक जनशक्तिको व्यवस्थापनका लागि पाँच जना चिकित्सकसहित अन्य जनशक्ति थपिने उहाँको भनाइ छ ।

उहाँका अनुसार झन्डै सात करोडको लगानीमा आकस्मिक कक्ष विस्तार गरिएको हो। केही दिनमा नै २० शय्या विस्तार गरी ७५ शय्या पुर्याउने अस्पतालको योजना छ ।