काठमाडौँ, माघ ४ : काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुखको जिम्मेवारी उपमेयर सुनिता डंगोल ले पाएकी छन् । महानगरका प्रमुख बालेन्द्र शाहले पदबाट राजीनामा दिएलगत्तै डंगोलले कार्यवाहकको जिम्मेवारी पाएकी हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार मेयरले पदबाट राजीनामा पाएपछि स्वत: उपमेयरले कार्यवाहक पाउने व्यवस्था छ । सोही ऐनबमोजिम सुनिता कार्यवाहक बनेकी हुन् ।
राजीनामा दिएलगत्तै उनी रास्वपाको पार्टी कार्यालयमा पुगेका थिए । उनी १० मिनेटमै त्यहाँबाट बाहिरिएका छन्। आजै रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै छ । बैठकपछि पार्टी सभापति रवि लामिछानेसँगै शाह र अन्य नेताहरू जनकपुरमा आयोजना गर्न लागिएको चुनावी कार्यक्रमका लागि जाने तयारीमा छन्।
बालेन्द्र शाह आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा-५ बाट लड्ने तयारीमा छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













