01/18/2026, 13:43:49
आइतबार, माघ ०४, २०८२

एमालेले बनायो इलामबाट नेम्वाङ र कागतेलाई उम्मेदवार


मङ्गलबारे, माघ ४ गते। प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) इलामको ले दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको छ ।

निर्वाचन क्षेत्र नं १ मा काजीमान कागते र क्षेत्र नं २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइएको छ । नेकपा एमालेको शनिबारको सचिवालय बैठकबाट १६५ मध्ये १४१ निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट भएका हुन् ।

 

नेम्वाङ निवर्तमान संघीय सांसद छन् भने कागते पूर्वप्रदेश सभा सदस्य छन्। नेम्वाङ इलाम क्षेत्र नं २ बाट गत उपनिर्वाचनमा २७ हजार ७७२ ल्याएर विजयी भएका थिए। उम्मेदवार चयन भएका कागते कोशी प्रदेशसभाका पूर्वसदस्य छन्।

निर्वाचन हुन अब ४६ दिन बाँकी छ । प्रत्यक्षतर्फ मनोनयन दर्ता यही माघ ६ गते हुनेछ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..