काठमाडौँ, पुस २१ : राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी निर्वाचनमा चमत्कार गर्ने सभापति रवि लामिछानेले बताएका छन् । काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा लामिछानेले आगामी फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले चमत्कारिक नतिजा हासिल गर्ने दाबी गरे ।
आगामी निर्वाचनलाई लक्षित गरेर पार्टी एकढिक्का भएर लाग्नुपर्ने पनि सभापति लामिछानेको भनाइ थियो । ‘इतिहासको यो सङ्गीन मोडमा देशले एउटा राम्रो इतिहास लेख्न गइरहेको बेलामा डिस्टर्ब गर्ने होइन,’ लामिछानेले भने, ‘ब्यालेट बक्समा भेटौँ । ब्यालेट खोलौँ । ब्यालेटले यो देशको भविष्य निर्धारण गर्नेछ । ब्यालेटमा मतपत्रमा अलमल नगरिकन घन्टीमा हाल्नका लागि हामी तयार छौँ । हामी यसपटक साँच्चै नै म्याजिक गर्ने तयारीमा छौँ ।’

पार्टीमा गुट–उपगुट हुन नहुने लामिछानेको भनाइ थियो । ‘पार्टीभित्र गुट–उपगुटको कुरा गर्ने युगबाट हामी बाहिर निस्किनुपर्छ । योगदानको मूल्य माग्ने बेला भएको छैन । देशलाई योगदान दिने बेला भएको छ । नयाँ जोडिएका साथीहरूमाथि अन्याय हुने छैन, यो ग्यारेन्टी भयो,’ लामिछानेले भने ।
नागरिक उन्मुक्ति पार्टीका पदाधिकारी र थारु अभियन्ताहरूलाई पार्टीमा स्वागत गर्न आयोजित कार्यक्रममा लामिछानेले नेताहरूलाई उपयुक्त जिम्मेवारी दिइने बताए । चुनावलाई लक्षित गरेर भन्दा पनि देशको अवस्था बदल्नका लागि पार्टीमा आउन लामिछानेले आह्वान गरेका थिए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










