01/18/2026, 12:59:00
आइतबार, माघ ०४, २०८२

एमालेले सिन्धुपाल्चोकका दुवै क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो


सिन्धुपाल्चोक, माघ ४ गते । प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा नेकपा एमाले बाट दुवै क्षेत्रको उम्मेदवार चयन भएका छन् । प्रतिनिधि सभा–१ मा युवा नेता आङदोर्जे शेर्पा  र प्रतिनिधि सभा–२ मा शेरबहादुर तामाङ  उम्मेदवार बन्नुभएको छ ।

यसअघिका सङ्घीय निर्वाचनमा एमालेका पूर्व केन्द्रीय सदस्य सरेश नेपाल र अरुण नेपाल  उम्मेदवार रहेका थिए । जेन-जी आन्दोलनपछि उहाँहरु दुवै नेताले युवा उम्मेदवार आङदोर्जेलाई प्रतिनिधि सभा उम्मेदवार बनाउनुभएको छ । उम्मेदवार चयन हुनुभएका शेर्पाले जनताका जन-जीविकाका मुद्दा, युवा पुस्ताको मागलाई सम्बोधन गर्दै घोषणपत्र तयार गरेर चुनावी प्रचार-प्रसारमा लाग्ने जानकारी दिनुभएको छ ।

शेर्पाले एमालेवृत्तका साथै जिल्लाभर लोकप्रिय नेताका रुपमा पहिचान बनाउनुभएको छ भने तामाङ प्रतिनिधि सभा–२ मा एमाले नेताहरु मध्य संभावना बोकेका नेताको रुपमा स्थापित हुनुहुन्छ ।

– चित्रकुमार मिजार