काठमाडौँ, माघ ४ गते । नेपाली कांग्रेसले नवीन ऊर्जा, अटुट विश्वास र पूर्ण एकताका साथ फागुन २१ गतेको निर्वाचनमा सशक्त रूपमा सहभागी हुन आह्वान गरेको छ ।
नवनिर्वाचित सभापति गगनकुमार थापाको अध्यक्षतामा शनिबार काठमाडौँमा सम्पन्न केन्द्रीय कार्यसमितिको पहिलो बैठकले अहिले पार्टीभित्र एकता, सद्भाव र सहकार्य आवश्यक रहेको निष्कर्षसहित देशविदेशमा रहेका सबै तहका समिति र सबै भ्रातृ तथा शुभेच्छुक संस्थाका नेता–कार्यकर्तालाई निर्वाचनमा होमिन आग्रह गरेको हो ।
बैठकपछि प्रवक्ता देवराज चालिसेले निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका निर्णयलाई संविधान, कानुन र पार्टी विधान अनुसार मान्यता दिई अद्यावधिक गरिसकेको बताउँदै यो कसैको जितहार नभई विधान र लोकतन्त्रको विजय भएको निष्कर्ष निकालिएको बताउनुभयो ।
नेपाली कांग्रेसले अब कुनै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता नगर्ने प्रतिबद्धता नेपाली नागरिकसमक्ष दोहो¥याएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “हामी सदैव मूल्य र सिद्धान्तमा अडिग रहने छौँ । संविधानको रक्षा गर्दै समृद्ध नेपालको नेतृत्व गर्ने छौँ । नवयुवाको आकाङ्क्षा र जनताको अपेक्षालाई साकार पार्ने छौँ ।” उहाँले भदौ २३ र २४ को जेन-जी जन-आन्दोलनले मुलुकमा अपेक्षा गरेको रूपान्तरणलाई बलियो ढङ्गले सम्बोधन गर्ने दृष्टि, योजना, सङ्कल्प र तागत रूपान्तरित कांग्रेसले राख्ने बताउनुभयो । उहाँले नवीन कांग्रेस र नवीन नेपालको नवीन अध्यायमा नवीन ऊर्जाका साथ गोलबन्द हुन जेन-जी पुस्तासहित समस्त नेपाली नवजवानलाई आह्वान गर्नुभएको छ ।
प्रवक्ता चालिसेले कांग्रेसमा रूपान्तरण, एकता र विजयको नयाँ अध्याय प्रारम्भ भएको बताउनुभयो । उहाँले विभिन्न कारणले पार्टीबाट निष्व्रिmय रहेका, विभिन्न कारणले पार्टी छाडेका सबै नेता कार्यकर्तालाई पुनः पार्टीमा फर्किन आह्वान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सबैमा अनुरोध छ, समुन्नत नेपाल निर्माणको महाअभियानमा जोडिनुहोस् । थप स्नेह, विश्वास र साथ दिन सबैमा अनुरोध छ ।” कांग्रेस बैठकले निवर्तमान सभापति शेरबहादुर देउवासहित नेताहरूले कांग्रेसको नेतृत्वमा रहेर लामो समयदेखि पु¥याएको योगदानको उच्च कदर गर्दै धन्यवाद व्यक्त गरेको छ ।

थापा र देउवाबिच परामर्श
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र पूर्वसभापति शेरबहादुर देउवा बिच भेटवार्ता भएको छ । नेपाली कांग्रेसको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन, नीति र विधान संशोधनपछि बिथोलिएको तत्कालीन संस्थापन पक्ष र वर्तमान संस्थापन पक्षको नेतृत्वबिच शनिबार विमर्श भएको हो । दुई जनाबिच कांग्रेसको विशेष महाधिवेशन र फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन दर्ताबारे छलफल भएको बताइएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले सभापति थापाले पार्टीका पूर्वपदाधिकारीसँग भेट्ने पूर्वनिर्धारित कार्यव्रmमअन्तर्गत पूर्वप्रधानमन्त्री एवं पूर्वसभापति देउवासँग भेट गरी परामर्श लिएको बताउनुभयो ।
.jpg)
देउवा पक्ष सर्वोच्च जाने
नेपाली कांग्रेसको देउवा पक्षको बैठकले भने सभापतिमा थापालाई वैधानिकता प्रदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको छ । देउवा पक्षीय पूर्वपदाधिकारी र पूर्वकेन्द्रीय सदस्यको सानेपामा शनिबार बसेको बैठकले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा मामिला एवं अन्य कानुनी कामकारबाही गर्न पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









