फुङलिङ, पुस २० गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी फागुन २१ गते हुने निर्वाचन विगतको भन्दा अलिक फरक रहेको बताउनुभएको छ । गृहजिल्ला ताप्लेजुङको फुङलिङ बजार पुग्नुभएको भट्टराईले यस्तो बताउनुभएको हो ।
प्रेस चौतारी नेपाल ताप्लेजुङको आयोजनामा आइतबार सम्पन्न भएको पत्रकार सम्मेलनमा बोल्नु हुँदै पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य समेत रहनुभएका भट्टराईले आगामी फागुन २१ गते हुने निर्वाचनले विश्वस्त ढङ्गले लोकतन्त्रको स्थायित्व गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘अहिले लोकतन्त्रमाथि हमला भएको छ । सात सालदेखि अन्तिम भन्दै आएको क्रान्ति अझै अन्तिम हुन सकेको छैन, त्यसैले लोकतन्त्रको रक्षको एउटा स्थायित्व र विश्वासिलो लोकतन्त्रका लागि यो निर्वाचन माइलस्टोन हो ।’’
जनताका प्रतिनिधिले बनाएको संविधान माथि हमला भएको उहाँको भनाइ छ । त्यसैले संविधानलाई पुनःजीवित गर्न यो निर्वाचनको अर्को महत्त्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो । त्यसैले यो संविधानको रक्षको लडाइमा लोकतन्त्रका पक्षधरलाई विजय गराउनुभयो उहाँको माग थियो ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट भट्टराईसहित पाँच जनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको एमाले जिल्ला कमिटी बैठकले केन्द्रीय सदस्यद्वय तिलकुमार मेन्याङ्बो र क्षितिज थेबे, टङ्क आङ्बुहाङ र भिमादेवी ओझाको नाम सिफारिस गरेको हो ।
– साहारा लिम्बू
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















