01/17/2026, 20:57:58
शनिबार, माघ ०३, २०८२

डोको बुन्दै आम्दानी (फोटो फिचर)


मकवानपुर, माघ ३ गते । मकवानपुर, बज्रबाराही सरस्वती बजारमा बस्नु हुने दुर्गाप्रसाद गोपालीले फुर्सदको समयमा डोको  बुन्ने काम गर्नु हुन्छ ।

दिनमा एउटा डोको बुन्न सक्ने भए पनि खेतको काम र अरू घरायसी व्यवस्ताले महिनामा ८ देखि १० वटा डोको बुन्ने गरेकाे उहाँ बताउनु हुन्छ ।

बाँसको प्रयोगबाट बुनिएको डोको स्थानीयले घरमै आएर किनेर लाने गरेका छन् । यसरी उनले महिनाको १५ देखि २० हजार सम्म आम्दानी गर्दै आउनु भएको छ । स्थानीय बजार डोको आकार भार क्षमता अनुसार एक हजारदेखि १२ सयसम्म रुपियाँ लिने गरेको उहाँ बताउनु हुन्छ ।

– मनोजरत्न शाही