हेटौँडा, पुस ३० गते । मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।
तामाङ समुदायको नयाँ वर्षको रुपमा हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन हर्षोल्लासका साथ मनाइने सांस्कृतिक पर्वको अवसरमा आगामी माघ ४ र ५ गते दुई दिन सार्वजनिक बिदा दिने पालिकाले निर्णय गरेको हो । सार्वजनिक बिदामा गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक संघ–संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने उल्लेख छ ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लद्वारा जारी सूचनामा पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा जातीय विविधतायुक्त राक्सिराङ गाउँपालिकाका सम्पूर्ण जनतामा आपसी सद्भाव, सामाजिक एकता र मातृत्व कायम गर्ने अपेक्षासहित बन्धुत्व, प्रेम र समताको भावना अभिवृद्धि गरी शान्त, समुन्नत तथा समृद्ध राक्सिराङ निर्माण गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरिएको छ ।
मन्जुश्री सम्वत् २८६२ (ता ल्हो/घोडा वर्ग) सोनाम ल्होछारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तामाङ समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना पनि व्यक्त गरिएको छ ।
– अनिल पराजुली
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













