काठमाडौँ, पुस २९ गते । त्रिशूली नदीमा १८ महिना अगाडि हराएको गणपति डिलक्स बस फेला परेको छ ।
सशस्त्र प्रहरी बल, नेपालका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाका अनुसार बालुवाले पुरिएको अवस्थामा उत्खनन् गर्दै जाँदा गणपति डिलक्स लेखिएको बस मङ्गलबार फेला परेको हो ।
प्रहरीले पुस २८ गते सोमबार त्रिशूली नदीमा गाडिएको बस देखेपछि खोतल्ने काम सुरु गरेको थियो ।
प्रवक्ता थापाले भन्नुभयो, “पुरिएको अवस्थामा रहेको बसको उत्खनन् गर्ने कार्य जारी छ । जुन बस थियो त्यो गणपति डिलक्स भएको यकिन भएको छ ।” यस बाहेक उक्त बस सम्बन्धमा थप विवरण आउन बाँकी रहेको उहाँको भनाइ छ ।
१८ महिना अगाडि चितवनको मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत सिमतालबाट पहिरोले दुई वटा बस नदीमा खसालेर बेपत्ता बनाएको थियो ।
वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश- ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडाैँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४१५ नम्बरको गणपति डिलक्स बसलाई लेखो सहितको पहिरोले बगाएर त्रिशूली नदीमा खसालेको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












