01/14/2026, 12:59:42
बुधबार, पुष ३०, २०८२

सिन्धुलीमा एसबीआई बैंकबाट ३ करोड लुटपाट, सवारी चालक पक्राउ


काठमाडौँ, पुस ३० गते । सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ मा रहेको एसबीआई बैंकमा लुटपाट भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मंगलबार साँझ करिब साढे ७ बजेतिर बैंकमा लुटपाट भएको हो ।

हतियारसहित आएको लुटेरा समूहले बैंकका सुरक्षा गार्डलाई कुटपिट गरेर नियन्त्रणमा लिएपछि रकम लुटपाट गरेको बताइएको छ । लुटेराहरूको सवार गाडी र त्यसका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।  बैंकबाट लुटिएको १ करोड ८० लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..