काठमाडौँ, पुस ३० गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा बुधबार (आज) देखि राष्ट्रिय लिग फुटबल सुरु हुँदैछ । दशरथ रङ्गशालामा हुने उद्घाटन खेलमा काँक्रेबिहार युवा क्लब र फ्रेन्ड्स क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
लिगमा १७ क्लबको सहभागिता जनाउने भएका छन् । तीन वर्षदेखि शहिद स्मारम ‘ए’ डिभिजन लिग आयोजना गर्न नसकेको एन्फाले सिङ्गल राउन्ड रोबिनको आधारमा राष्ट्रिय लिग सञ्चालन गर्न लागेको हो । लिगका खेलहरु दशरथ रङ्गशाला, सातदोबाटोस्थित एन्फा मैदान र च्यासल मैदानमा हुनेछ ।
लिगमा हिमालयन शेर्पा क्लबबाहेक १३ वटा ए’ डिभिजनसहित मोफसलका लालिगुराँस एसोसिएसन, काँक्रेबिहार युवा क्लब, नव जनजागृति क्लब र चित्लाङ एफसीले प्रतिस्पर्धा गर्नेछन् । लिगको विजेता टोलीले ५० लाख रुपियाँ पुरस्कार पाउनेछ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












