01/09/2026, 00:12:13
बिहिबार, पुष २४, २०८२

पूजा महतो ‘पल्सर स्पोर्टस अवार्ड’ मा युवा वर्ष खेलाडी घोषित


काठमाडौँ, पुस २३ : क्रिकेटकी पूजा महतो बुधबार एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड ०८१  मा युवा वर्ष खेलाडी घोषित भएकी छन् । उनी नेपाली यू १९ टिमलाई इतिहासमै पहिलो पटक महिला विश्वकपमा छनोट गराउने टिमकी कप्तान थिइन् ।

उनले त्यस छनोट खेलमा सर्वाधिक २ सय ७२ रन बनाएकी थिइन् भने १० विकेट पनि हात पारेकी थिइन् । कुवेतविरुद्ध उनले नटआउट रहेर १ सय ३० रन बनाएकी थिइन् । उनले एसीसी महिला यू १९ एसियाकप छनोटमा पाकिस्तानलाई पराजित गर्दा पनि उत्कृष्ट कप्तानी गरेकी थिइन् ।

अवार्ड थाप्दै पूजाले भनिन्, ‘यो अवार्ड मुमा बुबालाई समर्पित गर्न चाहन्छु ।’  यस विधामा मनोनयमा पर्ने अन्य खेलमा एथलेटिक्सका अजय विक,  करातेकी अञ्जली महर्जन,  बक्सिङकी स्वस्तिका तिरुवा  र फुटबलका समीर तामाङ  रहेका थिए ।