12/26/2025, 18:45:52
शुक्रबार, पुष ११, २०८२

बीपीएलको पहिलो खेलमा सन्दीप लामिछानेले लिए दुई विकेट


११ पुस, काठमाडौं : बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिनुभएको छ ।

सन्दीप आबद्ध टिम राजशाही वारियर्सको पहिलो खेलको प्लेइङ–११ मा पर्नुभएका सन्दीपले चार ओभर बलिङ गर्दै दुई विकेट हात पर्नुभएको हो । उहाँले ३८ रन खर्चिनुभयो । लामिछाने आबद्ध टिम राजशाही वारियर्सले शुक्रबार पहिलो खेल खेलेकोको हो । टस जितेर वारियर्सले सिलेट टाइटन्सलाई सुरुमा ब्याटिङको निम्तो दिएको थियो ।

blog

यो सिजन सन्दीप बीपीएलमा राजशाही वारियर्समा अनुबन्ध हुनुभएको हो । यसअघि सन्दीपले सिलेट टाइटन्सबाट बीपीएल खेल्नुभएको थियो । सुरुमा ब्याटिङ गरेको सिलेटले राजशाहीलाई पाँच विकेटको क्षतिमा १९१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।