काठमाडौँ, माघ २६ गते । जर्ज मुन्सेको अर्धशतमा स्कटल्यान्डले आईसीसी पुरुष टी– २० विश्वकपमा इटालीसामु २०८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कोलकाताको इडेन गार्डेन्समा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०७ रनको योगफल तयार पारेको थियो ।
स्कटल्यान्डका लागि मुन्सेले ५४ बलमा १३ चौका र २ छक्काको मद्दतले सर्वाधिक ८४ रनको योगदान गरे । यसैगरी, ब्रेन्डन म्याकमुलनले अविजित ४१, माइकल जोन्सले ३७, माइकल लिस्कले अविजित २२ र कप्तान रिची बेरिङटनले १५ रन बनाए ।
इटालीका लागि थोमस ड्राका, अली हसन, ग्रान्ट स्टिवर्ट र जेजे स्मट्सले १–१ विकेट लिए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










