02/09/2026, 18:26:16
सोमबार, माघ २६, २०८२

लिबियामा १४० जना अवैध आप्रवासीलाई निर्वासन

©African migrants wait to be admitted outside of Siglo XXI migration facility in Tapachula, Mexico, June 12, 2019. REUTERS/Jose Cabezas - RC1B39B3C0E0

त्रिपोली(लिबिया), माघ २६ गते । लिबियाबाट १४० जना अवैध आप्रवासीहरूलाई उनीहरूको मूल देशमा निर्वासन गर्ने घोषणा गरिएको लिबियमाका अधिकारीहरूले बताएका छन् ।

निर्वासित व्यक्तिहरूमा सुरक्षा प्रतिबन्धहरु आकर्षित हुने विभिद व्यक्तिहरूका साथै संक्रामक रोगहरू भएको पुष्टि भएकाहरु समेत समावेश रहेको लिबियाको एन्टी–अवैध अध्यागमन एजेन्सीले रिपोर्ट गरेको छ ।

एजेन्सिले सम्बन्धित अधिकारीहरूसँग समन्वय गरेर सबै कानुनी प्रक्रियाहरू र स्वीकृत मेडिकल परीक्षाहरू पूरा गरे पछि निर्वासन प्रक्रिया सम्पन्न भएको पुष्टि गरेको छ ।

अवैध आप्रवासन रोकी सुरक्षा मापदण्डलाई सम्बोधन गर्ने र जनस्वास्थ्यको रक्षा गर्ने उद्देश्यले सार्वजनिक सुरक्षा बढाउन यो कदम चालिएको एजेन्सीले उल्लेख गरेको छ ।

जनवरीमा, लिबियाको एन्टि–अवैध अध्यागमन एजेन्सीले आप्रवासन प्रवाह व्यवस्थापन गर्न लिबियाली अधिकारीहरूले लागू गरेको सुरक्षा र नियामक उपायहरू मार्फत स्वैच्छिक फिर्ती कार्यक्रम अन्तर्गत २०२५ मा ३७ हजार भन्दा बढी अवैध आप्रवासीहरू आफ्नो देशमा फर्केको खुलासा गरेको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..