02/09/2026, 16:36:56
सोमबार, माघ २६, २०८२

‘सोसल मिडिया स्टन्टले राजनीति जित्न खोजिँदैछ’ – ‘प्रचण्ड’


काठमाडौँ, माघ २६ गते । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका लागि कुनै ठोस योगदान नगरेकाहरू सोसल मिडियामा स्टन्ट गरेर राजनीतिमा स्थापित हुन खोजिरहेको बताएका छन्।

सोमबार काठमाडौँ क्षेत्र नम्बर ५ मा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले साम्राज्यवादी शक्तिहरूले विभिन्न देशमा लोकतन्त्र र समाजवादविरुद्ध प्रहार गर्न पपुलिस्ट शक्तिहरूलाई लगानी गर्ने गरेको आरोप लगाए।

 

प्रचण्डले नेपालमा पनि लोकप्रियतावाद हाबी हुन खोजिरहेको उल्लेख गर्दै सोसल मिडियाको भरमा राजनीतिमा उक्लिन खोज्ने प्रवृत्ति बढ्दै गएको बताए। उनका अनुसार विश्व साम्राज्यवादले विभिन्न देशमा पपुलिज्मलाई समाजवाद र लोकतन्त्रविरुद्ध प्रयोग गर्ने गरेको छ, र नेपालमा समेत भूराजनीतिक चलखेलमार्फत हस्तक्षेप गर्ने प्रयास भइरहेको छ।

उनले यस्तो प्रवृत्तिप्रति सजग रहन आग्रह गर्दै लोकतन्त्र र समाजवादी मूल्यहरूको रक्षा गर्न आवश्यक रहेको बताए।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..