काठमाडौं, माघ २६ गते । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ४ हजार १ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको हो।
अघिल्लो दिन आइतबार छापावाल सुन तोलाको ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार सोमबार चाँदीको मूल्य पनि बढेर तोलामा ५ हजार २ सय ५० रुपैयाँ पुगेको छ। आइतबार चाँदी तोलाको ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि देखिएको जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













