काठमाडौँ, माघ २६ गते । जापानमा आइतबार सम्पन्न आम निर्वाचनको परिणामअनुसार प्रधानमन्त्री सानाए तकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपीं) सम्मिलित सत्तारुढ गठबन्धनले संसदमा अत्यधिक बहुमत हासिल गरेको छ। निर्वाचन परिणामले गठबन्धनलाई कुल सदस्य संख्याको दुई तिहाइभन्दा बढी समर्थन प्राप्त भएको देखाएको छ।
४ सय ६५ सदस्यीय प्रतिनिधि सभामा एलडीपीले ३ सय ५२ सिट जित्दै स्पष्ट वर्चस्व कायम गरेको छ। यो नतिजालाई जापानको समकालीन राजनीतिक इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
अघिल्लो निर्वाचनमा स्पष्ट बहुमत नपाएपछि गठबन्धन सरकारको सहारामा शासन सञ्चालन गर्दै आएको एलडीपीले यसपटक भने एकल पार्टीकै हैसियतमा आवश्यक दुई तिहाइ सिट सुरक्षित गर्न सफल भएको हो।
दोस्रो विश्वयुद्धपछि जापानमा कुनै एक दलले संसदमा यति ठुलो बहुमत प्राप्त गरेको यो पहिलो अवसर भएको जनाइएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















