01/27/2026, 17:45:40
मङ्गलबार, माघ १३, २०८२

मङ्गोलियामा अत्यधिक चिसोका कारण १३ जनाको मृत्यु


उलान बाटोर(मङ्गोलिया), माघ १३ गते । मङ्गोलियामा सन् २०२६ को जनवरी मा मात्र अत्यधिक चिसो (हाइपोथर्मिया) को कारण १३ जनाको मृत्यु भएको रेकर्ड गरेको देशको राष्ट्रिय प्रहरी एजेन्सी (एनपिए) ले मङ्गलबार जनाएको छ । मृतक मध्ये अधिकाशंले रक्सी पिएको  एनपिएले विज्ञप्ति मार्फत जनाएको छ ।

चिसोको उच्च जोखिमको समयमा हाइपोथर्मियाको कारण मृत्यु हुनुको मुख्य कारक रक्सीको सेवन भएको एनपिएले जनाएको छ । जनवरीको मध्यदेखि, रूसको साइबेरियामा उत्पत्ति भएको चिसो हावा मङ्गोलियाको ठुलो भागमा फैलिए पछि मङ्गोलियाको तापक्रममा गिरावट आएको जनाइएको छ ।

जनवरी–२१ मा, देशको मौसम विज्ञान विभागका अनुसार उत्तरी मङ्गोलियन प्रान्त सेलेन्जको प्रशासनिक उपविभाग एरु सोममा रातको तापक्रम माइनस ४५.२ डिग्री सेल्सियसमा झरेको जनाइएको छ । मङ्गोलियामा चिसो तथा जाडो लामो समयसम्म रहने र तापक्रम माइनस २५ डिग्री सेल्सियस र माइनस ४५ डिग्री सेल्सियसको बिचमा हुने जनाइएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..