दुबई, संयुक्त अरब इमिरेट्स, पुस ३० गते । इरानमा विरोध प्रदर्शनमा मृतकको सङ्ख्या दुई हजार ५७१ पुगेको छ । सरकारले प्रदर्शन नियन्त्रण गर्न सञ्चार माध्यम बन्द गरेपछि स्थानीय नागरिकले बाहिरका साथीभाइसँग मङ्गलबारदेखि पहिलो पटक फोनमार्फत सम्पर्क गरेका छन् ।
इरानी राज्य टेलिभिजनले पहिलो पटक मृतकको पुष्टि गर्दै ‘धेरै शहीद’ भएको जनाएको छ । विरोध प्रदर्शन सुरुमा आर्थिक सङ्कटका कारण भएको थियो, तर पछि सर्वोच्च नेता अली खामेनीमाथि असन्तोषको रूपमा रूपान्तरण भएको थियो । प्रदर्शनमा खामेनीको मृत्युको माग गर्ने नारा देखिएका छन् ।
मानवअधिकार समूहका अनुसार मृतक मध्ये दुई हजार ४०३ जना प्रदर्शनकारी, १४७ जना सरकारी सम्बन्धित, १२ जना बालबालिका र ९ जना अन्य सामान्य नागरिक थिए । १८ हजार १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ । तेहरानमा भारी सुरक्षा बलको उपस्थिति, सरकारी भवनमा आगो, भत्किएका एटीएम र सडकमा थोरै मानिस देखिएको छ ।
स्थानीयले भने, “मानिस निराश छन्, तर प्रदर्शन जारी राख्ने इच्छा राखिरहेका छन् ।” सुरक्षा अधिकारीले स्टारलिंक सेटेलाइट इन्टरनेट खोजी गरिरहेका छन् । हाल स्टारलिंले इरानमा निशुल्क सेवा उपलब्ध गराएको छ । इरानमा आर्थिक र राजनीतिक असन्तोषबिच विरोध प्रदर्शन तीव्र भइरहेको छ, र यसबाट मानवधिकार सङ्कट अझ गहिरो बन्न सक्ने देखिन्छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















