01/14/2026, 17:19:42
बुधबार, पुष ३०, २०८२

महामन्त्रीद्वय थापा र शर्मासहित सहमहामन्त्री मन्सुरलाई कारबाही गर्ने कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय


काठमाडौँ, पुस ३० : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा  र विश्वप्रकाश शर्मा  र सहमहामन्त्रीलाई कारबाही गर्ने निर्णय गरेको कांग्रेस नेता कुन्दनराज काफ्लेले जानकारी दिए ।

आज बसेको संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले भृकुटीमण्डपमा विशेष महाधिवेशनमा सहभागी भएका उनीहरुलाई कारबाही गर्ने निर्णय गरेको हो । कारबाहीमा पर्ने सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर  रहेका छन् ।

विशेष महाधिवेशनले सभापतिमा गगन थापा  र दुई महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेल  सहित नयाँ पदाधिकारी चयनको प्रक्रिया अगाडि बढाएको छ । यो सँगै नेपाली कांग्रेस औपचारिक रुपमा विभाजनतर्फ अघि बढेको छ ।