काठमाडौँ, पुस २९ : अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको दोस्रो कार्यकाल सम्हालेको पहिलो वर्ष पुग्नै लाग्दा झन्डै १ लाखको भिसा रद्द भएको छ विदेश विभागले जनाएको छ ।
विदेश विभागका उपप्रवक्ता टमी पिगोटले भिसा रद्द गर्ने कार्य २०२४ को तुलनामा १५० प्रतिशतले बढेको बताए ।
भिसा खारेजीमा ८ हजार विद्यार्थी र २५ सय विशेषज्ञ पनि परेको विदेश विभागले जनाएको छ । विभागका अनुसार ओभरस्टे, मादक पदार्थ सेवन गरेर गाडी चलाउनु, आक्रमण र चोरी भिसा खारेजका प्रमुख चार आधार हुन् ।
पिगोटले भने, ‘अमेरिकी भूमिमा रहेका सबै विदेशी नागरिकहरूले हाम्रा कानूनहरूको पालना गर्छन् भन्ने कुरा सुनिश्चित हुनुपर्छ । अमेरिकी नागरिकहरूका लागि खतरा निम्त्याउनेहरूको भिसा द्रुत रूपमा रद्द गर्ने उद्देश्यले विदेश विभागले निरन्तर जाँच केन्द्र पनि सुरु गरेको छ।‘

उनले आपराधिक गतिविधमा संलग्न भएकाहरूको भिसा रद्द गर्नुपरेको बताए । “अमेरिकालाई सुरक्षित राख्न हामी उनीहरुलाई देश निकाला गर्न जारी राख्नेछौं,” विदेश विभागले सामाजिक सञ्चाल एक्समार्फत भनेको छ ।
गत महिनामात्रै ट्रम्प प्रशासनले स्वेच्छिक प्रस्थान र डिर्पोट समेत गरेर २५ लाखभन्दा धेरै आप्रवासीले अमेरिकाले छाडेको जनाएको थियो । यसमा ठूलो संख्यामा वैध भिसा भएकाहरु पनि छन् । यद्पयी, ट्रम्प प्रशासनले यसलाई ठूलो उपलब्धि मानेको छ ।
पछिल्लो समय ट्रम्प प्रशासनले भिसा दिन पनि कडाई गरेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















