एजेन्सी, पुस १७ : सन् २०२५ मा विश्वभर १२८ जना सञ्चारकर्मी मारिएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) ले जनाएको छ ।
यसमध्ये आधाभन्दा बढी मध्यपूर्व र अरब क्षेत्रमा मारिएका हुन् । सर्वाधिक धेरै पत्रकार प्यालेस्टाइनमा मारिएका छन् । गाजामा ५६ जना पत्रकारको मृत्यु दर्ता भएको आइएफजेले जनाएको छ ।
आइएफजेका अनुसार यमन, युक्रेन, सुडान, पेरु, भारत लगायतका देशमा पनि युद्ध, आन्तरिक अशान्ति र सङ्गठित अपराधको क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार विशेष जोखिममा छन् ।
आइएफजेका महासचिव एन्टोनी बेलाञ्जरले यस अवस्थालाई ‘पत्रकारितामाथिको वैश्विक रेड अलर्ट’ टिप्पणी गरे । उनले पत्रकार हत्यामा कायम दण्डहीनताले अपराधीहरूको हौसला बढएको बताए । सोही रिपोर्ट अनुसार अहिले विश्वभर ५३३ पत्रकार जेलमा छन्, जुन पाँच वर्षअघिको तुलनामा दोब्बरभन्दा बढी हो ।
सबैभन्दा धेरै पत्रकार कैद गर्ने देशको सुचीमा चीन पहिलो नम्बरमा छ, पमा पहिचान भएको छ, जहाँ १४३ पत्रकार (हङकङसहित) जेलमा छन् । हङकङमा लागू भएका राष्ट्रिय सुरक्षा कानुन सम्बन्धी कडा कानुनलाई यसको मुख्य आधार मानिएको छ ।

आइएफजेको किल्ड लिस्टमा युद्ध क्षेत्रबाहिरका, दुर्घटनाजन्य र कामसँग परोक्षरूपमा जोडिएका मृत्युसमेत गनिने गरिन्छ । त्यहीकारण यसले निकाल्ने संख्या रिपोर्टर्स विदाउट बर्डर्स (RSF) वा युनेस्को जस्ता संस्थाभन्दा उच्च देखिन्छ।
आरएफएसले यो वर्ष आफ्नो कामकै क्रममा मारिएका पत्रकारको संख्या ६७ रहेको जनाएको छ । त्यस्तै, युनेस्कोले ९३ पत्रकारको मृत्यु दर्ता गरेको छ ।
तीनै निकायले पत्रकारितामाथिको आक्रमण बढ्दै गइरहेको छ र सरकारले सुरक्षा, न्याय र प्रेस स्वतन्त्रता सुनिश्चित गर्न तत्काल कडा कदम चाल्न जरुरी रहेको निष्कर्ष निकालेका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















