एजेन्सी, पुस १६ : चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०२५ मा अपेक्षित ५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा भएको बताएका छन् । नयाँ वर्षको पूर्वसन्ध्यामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यस अघि सन् २०२४ मा चीनले ५ प्रतिशत वृद्धि हासिल गरेको थियो र यस वर्ष पनि त्यस्तै वृद्धि अपेक्षा गरिएको थियो ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन पछिल्ला वर्षहरुमा दबाबमा छ । कोभिड महामारीपछि उपभोक्ताको भावना पहिलेजस्तो नरहेकाले चिनियाँ अर्थतन्त्रको रफ्तार पहिलेजस्तो छैन ।
सम्पत्ति क्षेत्रमा देखिएको ऋण संकट, औद्योगिक उच्च क्षमता र अमेरिकासँगको बढ्दो व्यापार तनावले यसमा असर गरेको छ ।
‘हामीले चुनौतीबीच आर्थिक र सामाजिक विकासका मुख्य लक्ष्य हासिल गरेका छौं,’ सीले चिनियाँ जनताको राजनीतिक परामर्श सम्मेलनमा भने । उनले समग्र सामाजिक स्थायित्व र भ्रस्टाचार विरोधी उर्जा कायमै रहेको बताए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















