काठमाडौँ, पुस १६ गते। फेसबुकको करामत कथा सङ्ग्रह र अतृप्त रहर मुक्तक सङ्ग्रह सार्वजनिक भएका छन् ।
नेपाल स्रष्टा समाजको आयोजनामा प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा जीवनाथ पोखरेलको ‘फेसबुकको करामत’ कथा सङ्ग्रह र अम्बु बिहानीको ‘अतृप्त रहर’ मुक्तक सङ्ग्रह सार्वजनिक भएको हो।
प्राडा. अभि सुवेदीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नु भएको हो। लेखकद्वयसँगै प्रमुख अतिथि सुवेदी, साहित्यकार भागिरथी श्रेष्ठ, पवन आलोक, श्रीओम श्रेष्ठ, विधान आचार्य, मधु पाठक हिरण्यकुमारी पाठक लगायतले पुस्तक एकसाथ सार्वजनिक गर्नु भएको हो।

साहित्यकार श्रीओम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार प्रह्लाद पोखरेल र अनिता पन्थी सम्मानित हुनु भयो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


