12/31/2025, 15:28:53
बुधबार, पुष १६, २०८२

कास्की जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे तारेख


काठमाडौं,पुस  १६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कास्की जिल्ला अदालत पुगेर बुधबार तारेख बुझेका छन् । अदालतका सुचना अधिकारी रामबहादुर किसानका अनुसार लामिछानेले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्धाको तारेख बुझेका हुन् ।

नख्खु कारागारबाट रिहा भएपछि यसअघि पुस ९ गते लामिछाने कास्की जिल्ला अदालत हाजिर भएर तारेख बुझेका थिए । लामिछानेले प्रस्ताव गरे अनुसार बिगो बराबर धरौटी बुझाएर रिहा गर्न उच्च अदालत बुटवलले आदेश दिएपछि उनी धरौटी तिरेर नख्खु कारागारबाट रिहा भएका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीलेले लामिछानेसहित ६३ जनालाई विपक्षी बनाएर पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब ५१ करोड ठगी गरेको आरोपमा जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो । उक्त मुद्धा अदालतमा विचाराधीन छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..